गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने


  • 4.0K
    SHARES
    • आश्विन २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

    दाङ, २४ असोज । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता शृङ्गारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखि कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी शृङ्गारिक पञ्चआरती धार्मीक दशै महोत्सव’मा हरेक दिन श्रीगारिक गौमाता पञ्चआरती एवं हरेक दिन शचतण्डी पाठ हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

    images

    समाजमा राष्ट्रिय एवं धार्मिक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश(गाई, गोरु, बाच्छा,बाच्छी)को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञमा हरेक दिन गौमाताको महत्वसहित शृङ्गारिक पञ्चआरती गरिने आयोजक मूल समितिका सहसंयोजक बिमला योगीले जानकारी दिए ।

    विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी शृङ्गारिक पञ्चआरती धार्मिक दशै महोत्सव’ अन्य महायज्ञभन्दा फरक उद्देश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनका लागि सबैजना आ–आफ्नो स्थानबाट लागिपर्न आयोजक मूल समितिले अनुरोध गरेको छ । 


    तेस्रो आँखा