• ट्रेण्डिङ्ग :
भोलिबाट सञ्चालनमा आउँदै दाङको पहिलो  मल्टिप्लेक्स सिनेमा हल

भोलिबाट सञ्चालनमा आउँदै दाङको पहिलो  मल्टिप्लेक्स सिनेमा हल


  • 7.2K
    SHARES
    • आश्विन २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 11.0K Views

    भोलिबाट सञ्चालनमा आउँदै दाङको पहिलो  मल्टिप्लेक्स सिनेमा हल

    शिव पुन,दाङ २५ असोज/ घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँमा निर्माण गरेको दाङकै पहिलो मल्टिप्लेक्स सिनेमा हल भोलिबाट सञ्चालनमा आउँदैछ।

    images

    घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा रावत र रानाले जग्गासहित करिब २० करोड खर्च गरेर निर्माण गरेको सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल यतिबेला​ सिँगारिएर झकिझकाउ बनाइएको छ । ‘भिएफएक्स सिनेमा’ नामको सिनेमा हल सौडिकुला चोकबाट करिब ४०० मिटर दक्षिणतिर रहेको छ ।

    भोलि भव्य समारोहबीच विभिन्न क्षेत्रका विशेष पाहुनासहित पत्रकारको उपस्थितिमा बिहान ८ बजे हलको औपचारिक  उद्घाटन गरिने हलका प्रबन्ध निर्देशक विजय रावतले बताए । रावतका अनुसार  भोलि  शुक्रवारबाट प्रदर्शनमा आउने सुपरहिट फिल्म ‘परदेशी’को सिक्वेल  ‘परदेशी(२’ प्रदर्शन गर्दै हल सञ्चालनमा ल्याइने जानकारी दिए । 

     दुईवटा स्क्रिन रहेको हलमा एउटा स्क्रिनमा २ सय ४७ र अर्को     स्क्रिन  १ सय ६५ सिट गरि जम्मा ४ सय १२ बटा सिट रहेका छन् । प्रबन्ध निर्देशक रावतका अनुसार तीमध्ये दुबै हलमा गरि ३६ सिट  सुतेर हेर्न मिल्ने गरि बनाइएको छ । सुतेर सिनेमा हेर्न मिल्ने सिटको प्रतिव्यक्ति साढे पाँच सय शूल्क निर्धारण गरिएको छ भने अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ ।

    जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल  ‘भिएफएक्स सिनेमा’ का सञ्चालकहरु रावत र रानाले भोलिको उद्घाटन कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण दङ्गाली दर्शकलाई अनुरोध गरेका छन् ।


    तेस्रो आँखा