• ट्रेण्डिङ्ग :
एक सातामा १८१० जनामा कोरोना संक्रमण

एक सातामा १८१० जनामा कोरोना संक्रमण


  • 6.7K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    एक सातामा १८१० जनामा कोरोना संक्रमण
    • पदम भूजेल

    काठमाडौं, १३ पुस । नेपालमाम पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको छ । गत एक सातामा कोरोना १ हजार ८ सय १० जना कोरोना संक्रमित थपिएका छन् । गत बुधबार २ सय ३६ जनामा देखिएको कोरोना संक्रमण आज २ सय ६० जनामा देखिएको छ ।  गएको बुधबार सात गते नेपालभर २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ११३०९ जनामा जम्मा परिक्षण गरिएको थियो । ७२६६ जनामा गरिएको पिसिआर परिक्षणबाट २१७ जनामा र ४०४३ जनामा गरिएको एन्टीजेन परिक्षणबाट १९ जनामा कोरोना संक्रमण फेला परेको थियो । उक्त दिन दुई जनाको कोरोनाको कारण मृत्यु भएको थियो भने २७३ जना निको भएका थिए ।
    01.jpg
    गएको विहिबार आठ गते नेपालभरि २९३ जनामा कोेरोना पुष्टि भएको थियो । ११६२६ जनामा गरिएको कोरोना परिक्षणमा २९३ जना संक्रमण फेला परेको हो । ९५१० जनामा गरिएको पिसिआर परिक्षणबाट २४२ जनामा र २११६ जनामा गरिएको एन्टीजेन परिक्षणबाट ५२ जनामा कोरोना संकमण देखिएको हो । उक्त दिन दुई जनाको मृत्यु भएको थियो भने २६३ जना निको भएका थिए ।

    images

    08.jpg

    गएको शुक्रबार गते नेपालभर २६० जनामा कोरोना संक्रमण देखिएको थियो । जम्मा कोरोना परिक्षण भने ११८९८ जनामा गरिएको थियो । ८०६० जनामा गरिएको पिसिआर परिक्षणबाट २३७ जनामा र ३८३८ जनामा गरिएको एन्टीजेन परिक्षणबाट २३ जनामा कोरोना देखिएको थियो । उक्त दिन एक जनाको मृत्यु भएको थियो भने ३४९ जना निको भएका थिए । 

    09.jpg


    त्यस्तै, शनिबार नेपालभर २६७ जनामा कोरोना संक्रमण् पुष्टि भएको थियो । जम्मा ६४४७ जनामा गरिएको परिक्षणबाट १६७ जनामा कोरोना देखिएको हो । ४२८३ जनामा गरिएको पिसिआर परिक्षणबाट १५७ जनामा र २१६४ जनामा गरिएको एन्टीजेन परिक्षणबाट १० जनामा कोरोना पुष्टि भएको थियो । उक्त दिन एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो भने २२६ जना निको भएका  थिए । 

     

    10.jpg
    गएको आइतबार नेपालभर २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९६७७ जनामा गरिएको जम्मा परिक्षणबाट २१९ जना कोरोना संक्रमित फेला परेका हुन् । ७१८० जनामा गरिएको पिसिआर परिक्षणबाट २१३ जनामा र २४९७ जनामा गरिएको एन्टीजेन परिक्षणबाट छ,जनामा कोरोना पुष्टि भएको हो । उक्त दिन दुई जनाको कोरोनाको कारण मृत्यु भएको थियो । भने २८३ जना निको भएका थिए ।

    11.jpg


    सोमबार नेपालभर २७१ जनामा कोरोना पुष्टि भएको थियो । १०८८६ जनामा गरिएको जम्मा परिक्षणमा २७१ संक्रमित फेला परेको हो । ९१५७ जनामा गरिएको पिसिआर परिक्षणबाट २५१ जनामा र १७२९ जनामा गरिएको एन्टीजेन परिक्षणबाट २० जनामा कोरोना संक्रमण फेला परेको हो । उक्त दिन एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो भने २२५ जना निको भएका थिए । 

    12.jpg
    मंगलबार आज २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा १२५६६ जनामा गरिएको परिक्षणमा २६४ जना कोरोना संक्रमित फेला परेका हुन् । ८५३६ जनामा गरिएको पिसिआर परिक्षणबाट २४१ जनामा र ४०३० जनामा गरिएको एन्टीजेन परिक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो चौबिस घण्टामा दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ, भने २६० जना निको भएका छन् । 

    13.jpg


    पछिल्लो समयमा विश्वमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तिव्ररुवमा फैलिएको विज्ञहरुको भनाई । ओमिक्रोनको खतरा बढेपपनि नेपालमा पछिल्लो समय स्वास्थ्य मापदण्डका उपायहरु अवलम्बन हुन छोडेका छन् । सरकारले खोपको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भनेपनि कार्यान्वयन हुन सकेको छैन ।  
     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप