• ट्रेण्डिङ्ग :
१ अर्ब २२ करोडको अदुवा निर्यात

१ अर्ब २२ करोडको अदुवा निर्यात


  • 2.9K
    SHARES
    • आश्विन २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    १ अर्ब २२ करोडको अदुवा निर्यात

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो । 

    images

    भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ । सन् २०२१ / २२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ । नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ । 

    अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । अदुवाको स्वादले तरकारी, मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने जानकारहरू बताउँछन् ।


    तेस्रो आँखा