• ट्रेण्डिङ्ग :
सम्पत्ति बीमासम्बन्धी नयाँ निर्देशिका जारी, यस्तो छ बीमादर

सम्पत्ति बीमासम्बन्धी नयाँ निर्देशिका जारी, यस्तो छ बीमादर


  • 5.8K
    SHARES
    • आश्विन २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 9.0K Views

    सम्पत्ति बीमासम्बन्धी नयाँ निर्देशिका जारी, यस्तो छ बीमादर

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । प्राधिकरणले जारी गरेको ‘सम्पत्ति बीमा २०८०’ सम्बन्धी निर्देशन २०८० कात्तिक १ गतेबाटै कार्यान्वयनमा ल्याइदैछ । के–के छन् त सम्पत्ति बीमा २०८० सम्बन्धी निर्देशिकाले समेटेका विषयहरु ?

    images
     

    नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘सम्पत्ति बीमा २०८०’ निर्देशिकाले भौतिक सम्पत्तिको मात्रै बीमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । जस व्यवस्था अनुसार कुनै पनि बीमा कम्पनीले अभौतिक सम्पत्तिको बीमा गराएमा यस्तो बीमा गैर कानुनी मानिने छ । यो बीमा लेख जारी भएपछि कम्पनीहरुले अग्नी बीमालेख, ज्वेलरी ब्लक बीमालेख, गार्हस्थ बीमालेख तथा त्यस्ता बीमाको नाममा कुनै पनि बीमालेख जारी गर्न नपाइने व्यवस्था गरेको छ ।

     

    एक वर्ष भन्दा कम अवधीको लागि जारी गरिने बीमालेखमा १५ प्रतिशत देखि बार्षिक बीमा शुल्कसम्मको बीमादर लाग्ने व्यवस्था गरिएको छ ।

    यस्तो छ बीमादर सम्बन्धि व्यवस्था

    क्र.स. अवधि बीमा शुल्क
    १ एक महिनासम्मको लागि वार्षिक बीमा शुल्कको १५ प्रतिशत
    २ तीन महिनासम्मको लागि वार्षिक बीमा शुल्कको ४० प्रतिशत
    ३ छ महिनासम्मको लागि वार्षिक बीमा शुल्कको ७० प्रतिशत
    ४ नौ महिनासम्मको लागि वार्षिक बीमा शुल्कको ८५ प्रतिशत
    ५ नौ महिनाभन्दा बढी समय वार्षिक बीमा शुल्क

    त्यस्तै, यो बीमा लेख जारी भएपछि कम्पनीहरुले अग्नी बीमालेख, ज्वेलरी ब्लक बीमालेख, गार्हस्थ बीमालेख तथा त्यस्ता बीमाको नाममा कुनै पनि बीमालेख जारी गर्न नपाइने व्यवस्था गरेको छ । नयाँ निर्देशिकाले बीमकलाई जानकारी निर्देशिका बीमा गरिएको सम्पत्तिको स्थान्तरण गर्न नपाईने व्यवस्था गरेको छ ।


    तेस्रो आँखा