अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय 

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय 


  • 4.1K
    SHARES
    • कार्तिक १, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय 

    दाङ, १ कात्तिक/ लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठनको गठनादेश खारेज गरेको छ । मन्त्रीपरिषद बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

    images

    उनले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत समेत गरिएको छ । त्यसै गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरिएको छ ।

    त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ । चालिस वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निणर्य भएको छ ।


    तेस्रो आँखा