• ट्रेण्डिङ्ग :
उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ


  • 7.2K
    SHARES
    • कार्तिक २, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 11.0K Views

    उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ

    काठमाडौँ २ कात्तिक/ जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

    images

    बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उहाँको छातीमा स्टेन्ट राखिएको छ ।

    अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ । श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।


    तेस्रो आँखा