८६ वर्षको उमेरमा किन गहुँ पिस्दैछन् धर्मेन्द्र

८६ वर्षको उमेरमा किन गहुँ पिस्दैछन् धर्मेन्द्र


  • 9.2K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    ८६ वर्षको उमेरमा किन गहुँ पिस्दैछन् धर्मेन्द्र
    • तेस्रो आँखा डेस्क

    काठमाडौं १४, पुस । ८६ वर्षको उमेरमा बलिउड अभिनेता धर्मेन्द्र देवलले गहुँ पिस्छन् भन्दा सबैलाई अचम्म लाग्न सक्छ । उनले गहुँ पिस्ने साइकल मेसिनमार्फत पसिना निकाल्न का लागि साइकलको प्रयो गर्छन । पछिल्लो समय धमेन्द्र आफूले यसलाई मेसिनलाई कसरत गर्ने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् ।

    images

    पछिल्लो समयमा सामाजिक सञ्जालमा राखिएका फोटोका कारण नै धर्मेन्द्र चर्चामा छन् । उनले पसिना नै पसिना भएको फोटो सामाजिक सञ्जालमा राखेका हुन्छन् ।  मुस्कुराईरहेको मुहार देखाउदै धर्मेन्द्रले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्छन । आफ्ना समर्थकहरुलाई यस्तै तस्वीरहरु राखेर धर्मेन्द्रले मनोरञ्जन दिइ रहेका छन् । उनी आफ्नो समर्थकलाई मनोरञ्जन दिन कुनै कसरत बाँकी राख्दैनन् ।

    269860468_613064089960661_8846559475739996612_n.png

    धर्मेन्द्र सामाजिक सञ्जालको माध्यमाबाट आफ्ना समर्थकलाई आफ्नो व्यतिगत जीवनीको बारेमा पनि जानकारी दिने गर्छन् । बलिउड अभिनेता अमिताभ वचनपछि सामाजिक सञ्जालमा सक्रिय अभिनेता धर्मेन्द्र नै हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो दैनिक क्रियाकलापहरुको पोष्ट मार्फत जानकारी गरिरहेका हुन्छन् । पछिल्लो समय उनको अर्को भिडियाे सामाजिक सञ्जालमा निक्कै भाइरल भएकाे थियाे । साे भिडियाेमा उनले साइकिल चलाउँदै गहुँ पिसिरहेकाे देख्न सकिन्छ । मुस्काउँदै उनले साइकल चलाउादै गहुँ पिसिरहेकाे भिडियाे इन्ट्राग्राममा राखेकाे थिए । भिडियोमार्फत उनले दोहोरो काम गरिरहेको स्पष्ट हुन्छ । उनले कसरत गर्दै गर्दा गहुँ पनि पिस्ने काम गरेका हुन्छन् । 

    धर्मेन्द्रले भिडियो शेयर गर्दै फिल्म ‘शो ले’ को डायलोग क्याप्सनमा राखेका छन् । धर्मेन्द्रले लेखेका छन् 'जब मैं आऊंगा तो पुलिस आएगी, पुलिस आएगी, बुढिया जेल जाएगी जेल में बुढिया चक्की पिसिंग,और पिसिंग, और पिसिंग और पिसिंग...' 

    पछिल्लोे दिनमा धर्मेन्द्र समाचारमा छाइरहेका छन् । सलमान खानलाई सर्पले टोक्यो समाचारले धेरै चिन्तित भएका थिए । त्यतिबेला सलमान खानलाई छ घण्टासम्म अस्पतालमा राखिएको थियो । ‘सलमान मेरो छोरा सरह होे र उसको लागी मेरो दिलमा धेरै मायाँ र इजजत छ’ धर्मेन्द्रले भनेका थिए ‘सलमानको जन्मदिनमा म सँधै प्राथना गर्छु र शुभकामना दिन्छु । जब उसलाई सर्पले टोक्यो भन्ने खबर सुने तब म धेरै चिन्तित भएको थिए र तत्काल उसलाई फोन गरेर उनको खबर बुझेको थिए । अब सलमान ठिक पनि छन् ।’

    सलमानले पनि धर्मेन्द्रको धेरै सम्मान गर्छन् । केही समय पहिले रणवीर सिंह को शो ‘द बिग पिक्चर’ मा सलमानले धर्मेन्द्रको प्रशंसा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सलमानले भनेका थिए ‘मैले सधै धर्मेन्द्रेजीलाई फलो गर्छु, उहाँको मुहारमा एक मायालुपन छ, जुन सबैभन्दा धेरै सुन्दर देखिन्छ । उनको मधुर बोलीको म फयान् हुँ ।’

  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र देवल

  • तेस्रो आँखा