• ट्रेण्डिङ्ग :
दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज

दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज


  • 4.8K
    SHARES
    • कार्तिक १५, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । दयाहाङ राई र दीया पुन मुख्य भूमिकामा रहेको चलचित्र आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

    images

    विभिन्न समयमा प्रदर्शन मिति सार्नु पर्ने बाध्यातात्मक परिस्थितिका बाबजुद ‘दयारानी’ माघ २६ गतेलाई प्रदर्शनमा आउन लागेको निर्देशक माओत्से गुरुङले जानकारी दिए । 

    ‘दयारानी’ रिलिज अगाडि नै विभिन्न देशमा प्रदर्शन भइसकेको छ । अभिनेता तथा निर्माता गुरुङको यो पहिलो नेपाली फिचर फिल्म निर्देशन हो । चलचित्रमा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रले खराब श्रीमान र दयालु श्रीमतीबीचको कथा भन्नेछ । 


    तेस्रो आँखा