• ट्रेण्डिङ्ग :
विद्यालयमा स्वास्थ्य विषय अनिवार्य गरिनु पर्नेमा जोड 

विद्यालयमा स्वास्थ्य विषय अनिवार्य गरिनु पर्नेमा जोड 


  • 3.9K
    SHARES
    • कार्तिक १५, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    विद्यालयमा स्वास्थ्य विषय अनिवार्य गरिनु पर्नेमा जोड 

    दंगीशरण १५ कात्तिक/ यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयमा युवा तथा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम दंगीशरणमा सम्पन्न भएको छ । ओरेक नेपालको आयोजनामा भएको कार्याक्रममा स्वास्थ्य संस्थाका प्रतिनिधि, विपभिन्न सामाजिक संघ संस्था, लगायत विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आरेकका जिल्ला संयोजक धना चौधरीले यौनिकता, स्वास्थ्य, शारिरिक अखण्डता, यौन स्वास्थ्यको आधारभुत तत्व, प्रजनन स्वास्थ्य, प्रजनन स्वास्थ्यका तत्व, प्रजनन स्वास्थ्य अधिकारको महत्व, प्रजनन स्वास्थ्य अधिकार लगायतको बारेमा जानकारी दिएकी थिइन् ।

    images

    उक्त अवसरमा संयोजक चौधरीले दंगीशरण गाउँपालिकामा तीन वर्षको अवधिमा १११ वटा विभिन्न र्हिंसाका घटनाहरु घटेको बताईन् । जसमध्ये सबै भन्दा धेरै घरेलु हिंसाका घटना घटेको उनको भनाई थियो । घरेलु हिंसामा पनि कृषी पेशामा आवद्ध धेरै महिलाहरु हिंसामा परेको तथ्याङक छ । त्यसैगरी तीन वर्षको अवधिमा दंगीशरणमा ४१ जनालाई मनोविमर्श सेवा दिएको आरेकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शम्भु गिरीले किशोर किशोरीहरुलाई यौन शिक्षा प्रजनन् शिक्षा मात्रै नभएर उस्को अधिकार के हो भनेर पनि बुझ्न जरुरी रहेको बताए ।

    उनले दंगीशरण गाउँपालिकामा आन्तरिक प्याकेज बनाएर विद्यालयहरुमा अतिरिक्त क्रिया कपाल यौन शिक्षाका कुरा समावेश गर्न सकिने बताए । नेपाल सरकारको शिक्षा नितीमा टेकेर दंगीशरणमा फरक किसिमको हप्तामा एक वा दुई पटक यौन शिक्षामा सचेत बनाउने खालको कार्यक्रम लागू गर्न सकिने बताए । हामीले शारिरिक स्वास्थ्थताको कुरा मात्रै गर्छौ, शारिरिक स्वास्थ्यले मात्रै मानिस स्वास्थ हुँदैन्, त्यसमा मानसिक स्वस्थता, आध्यात्मिि स्वस्थता, आत्मिय स्वस्थता पनि हुनु पर्छ उनले भने । कार्यक्रममा बिशिष्ट अतिथी पालिका उपाध्यक्ष पीमा खड्काले यौन तथा प्रजनन्का बारेमा व्यापक छलफल हुन आवश्यक रहेको बताईन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्यालयहरुमा अहिले स्वास्थ्य विषयहरुलाई ऐक्षिक विषयमा राखिएको हुँदा सबै विद्यार्थीहरुले यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा शिक्षा लिन बाट बञ्चित भएको बताउँदै विद्यालयमा स्वास्थ्य विषय अनिवार्य हुने पर्नेमा जोड दिएका थिए ।

    विज्ञान विषयमा यौन प्रजननका कुरा समावेश भएपनि अधिकारको कुरा समावेश नहुँदा समस्या भएको वक्ताहरुको भनाई थियो । साथै उनीहरुले विद्यालयमा अतिरिक्त क्रियालापका रुपमा पनि यौन तथा प्रजनन् सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने पर्ने बताएका थिए । उनीहरुले स्वास्थ्य संस्थामा किशोर किशोरीका लागि यौन सम्बन्धि कक्ष बनाईएको भएपनि प्रभावकारी रुपमा सञ्चालन नभएको भन्दै दुख व्यक्त गरेका थिए । उक्त अवसरमा दंगीशरण गाउँपालिकाको सहयोगमा ओरेक दाङको समन्वयमा तीन वर्षसम्म सञ्चालन भएको पभावितदेखि परिवर्तनका सम्वाहाक परियोजना पालिका अध्यक्ष, शम्भु गिरी र उपाध्यक्ष पीमा खड्कालाई ओरेक दाङका संयाृजक धना चौधरीले हस्तान्तरण गरेकी थिइन् ।  कार्यक्रमको सहजीकरण ओरेकका सहायक कार्यक्रम अधिकृत कल्पना चौधरीले गरेकी थिइन् । 

    371476708_1473871873342696_5753218415708220595_n.jpg


    तेस्रो आँखा