काेराेनाकाे नयाँ भेरियन्टका कारण संक्रमितकाे सुनामी आउन सक्छ : डब्लुएचओ

काेराेनाकाे नयाँ भेरियन्टका कारण संक्रमितकाे सुनामी आउन सक्छ : डब्लुएचओ


  • 5.7K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    काेराेनाकाे नयाँ भेरियन्टका कारण संक्रमितकाे सुनामी आउन सक्छ : डब्लुएचओ

    काठमाडौं, १५ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको अर्को लहर आउने संकेत गरेको छ। डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोमले ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी आउने बताएका छन्। 

    images

    ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।

    डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । 

    फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कर्फ्यू घोषणा गरिएका छन्।

  • सम्बन्धित विषय:

  • # ओमिक्राेन

  • तेस्रो आँखा