• ट्रेण्डिङ्ग :
स्वास्थ्य चौकीबाट गुणस्तरिय सेवा दिएपनि स्थानीय स्तरबाट बेवास्ता

स्वास्थ्य चौकीबाट गुणस्तरिय सेवा दिएपनि स्थानीय स्तरबाट बेवास्ता


  • 7.2K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 11.0K Views

    स्वास्थ्य चौकीबाट गुणस्तरिय सेवा दिएपनि स्थानीय स्तरबाट बेवास्ता

    तुलसीपुर १९ कात्तिक/ यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सवाल सम्बोधनका लागि युवा तथा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया र संरचना हस्तान्तरण कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । ओरेक दाङको आयोजनामा भएको कार्यक्रममा जिल्ला संयोजक धनकुमारी चौधरीले तुलसीपुरमा एक वर्षको अवधिमा विभिन्न खाले ३० वटा हिंसाका घटना भएको जानकारी दिइन् । ति मध्ये सबै भन्दा धेरै घरेलु हिंसा २३, सामाजिक हिंसा २, यौन दुरव्यवहार २, जवरजस्तीकरणी प्रयास १, बैवाहिक बलात्कार १, लिभिङ्ग रिलेसनसिपको १ गरी ३० हिंसाका घटना घटेका हुन् ।

    images

    त्यसैगरी तुलसीपुर १० गौरीगाउँ र तुलसीपुर ४ खाद्रेवनहरीमा रहेको मनोविमर्स सेवाबाट १४२ जनाले सेवा लिएको जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले समाज परिवर्तन गर्नको लागि सुरु आफैबाट सुरु गर्नुपर्ने बताउँदै तुलसीपुर उपमहानगरपालिकाबाट सञ्चालित सबै शाखाहरुलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन आग्रह गरिन् । आरेकले गरेका कामहरु एकदमै राम्रो भएको बताउँदै तुलसीपुरलाई राम्रो बनाउनको लागि उपमहानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा छिटो छरितो बनाउन सबैको भूमिका महत्वपुर्ण रहने बताईन् । सम्पुर्ण जनप्रतिनिध, कर्मचारीहरुले आफ्नो कतव्र्य सम्झेर सबै सेवाग्राहीहरुलाई सम्मान व्यवहार गरेर सेवा दिनुपर्ने बताईन् । 

    कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा तुलसीपुरमा प्रमुख ओम प्रकाश न्यौपानेले तुलसीपुरका विभिन्न वडामा सञ्चालित स्वास्थ्य चौकीबाट गुणस्तरिय स्वास्थ्य सेवा दिएपनि स्थानीय स्तरबाट त्यसको बेवास्ता भएको बताए । सम्वन्धित स्वास्थ्य चौकीमा बालबालिकामा हुने स्वास्थ्य समस्या निमोनिया लगायत पाँच प्रकारका रोगको औषधि नि:शुल्क दिएपनि ग्रामिण क्षेत्रका बिरामी बजार गएर निजी क्लिनिकबाट त्यही औषधि महंगोमो किनेर खाने गरेको दुखेसो पोखे । साथै प्रमुख न्पौपानेले तुलसीपुर उपमहानगरपालिकाका ग्रामिण क्षेत्रका  स्वास्थ्य संस्थामा केही महिनामै सुत्केरी महिलाहरुका लागि आवासको व्यवस्था गर्न लागेको जानकारी दिए । ग्रामिण क्षेत्रमा सुत्केरी आमाहरुको सहजताका लागि आवासको व्यवस्था गर्न लागेका छौ, आवासमा बसेर आमाले सुत्केरी हुने तयारी गर्नुहुनेछ, उहाँमा केही जटिल समस्या देखिए तत्काल एम्बुलेन्स मार्फत अन्य अस्पतालमा लैजाने व्यवस्था हुन्छ, न्यौपानेले भने ।

    कार्यक्रममा गुरुजजुर माविका प्रध्यानाध्यापक बिष्णू केसीले महिनावारी भएको समयमा किशोरीहरु विद्यालय आउन समस्या मान्ने गरेको भन्दै शिक्षकहरु भन्दा यौन लगायत स्वास्थ्यका बिषयमा बाहिरका व्यक्तिले जानकारी दिन आवश्यक रहेको बताईन् । जनचेतना महिला सामुदायिक संस्थाका अध्यक्ष कृष्णा चौधरीले अहिलेको युवा पुस्तालाई स्वास्थय सम्बन्धि जानकारी दिन सके पछिल्लो पुस्तामा सहज हुने बताईन् । किशोरी सञ्जाल लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा आचार्यले यौन, प्रजनन् तथा स्वास्थ्यका बिषयमा खुला रुपमा छलफल हुन जरुरी रहेको बताईन् । उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, शिक्षक, विभिन्न शाखाका कर्मचारी, पत्रकार, युवा सञ्चालका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त कार्यक्रममा ओरेकले तीन वर्षदेखि सञ्चालन गर्दै आएको प्रभावितदेखि परिवर्तनका सम्वाहाक परियोजना अन्तरगत तुलसीपुर १० गौरीगाउँ र तुलसीपुर ४ खाद्रेबनहरीमा सञ्चालन भएको मनोविमर्श कार्यक्रम उपमेयर स्यानी चौधरीलाई हस्तान्तरण गरिएको थियो ।

    यसअघि दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र घोराही २ रामपुरमा सञ्चालन भएको मनोविमर्श कार्यक्रम सम्बधित वड र, स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिसकेको ओरेकका कार्यक्रम अधिकृत कल्पना चौधरीले जानकारी दिइन् । मनोपरामर्श कार्यक्रमलाई दिगो रुपमा सञ्चालन गर्नको लागि तुलसीपुर १० को वाडा कार्र्यालयले २ लाख र शान्तिनगर गाउँपालिकाले ७० हजार बजेट छुट्याई सकेको चौधरीले बताईन् । त्यसैगरी घोराही २ ले एक जना महिला र एक जना पुरुषलाई मनोसविमर्शकर्ताको  रुपमा उत्पादन गरेको चौधरीको भनाई छ । साथै अन्य वडाकार्यालय र स्वास्थ्यचौकीमा मनोपरामर्श कार्यक्रम सञ्चालनको लागि तयारी गरिरहेका छन् । कार्यक्रमको सञ्चालन बिन्दु शर्माले गरेकी थिइन् ।  

    376544790_539968775006469_514823508623670803_n.jpg


    तेस्रो आँखा