माओवादी महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल सकियो, प्रचण्डले भोलि जवाफ दिने

माओवादी महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल सकियो, प्रचण्डले भोलि जवाफ दिने


  • 7.3K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    माओवादी महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल सकियो, प्रचण्डले भोलि जवाफ दिने

    काठमाडौं, १५ पुस ।  नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ ।

    images

    गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

    सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका छन् । 

    बिहीबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेकाले अब शुक्रबार प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिने कार्यक्रम छ । 

    आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा