देशभर चार हजार ८७१ सक्रिय कोरोना संक्रमित 

देशभर चार हजार ८७१ सक्रिय कोरोना संक्रमित 


  • 5.8K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    देशभर चार हजार ८७१ सक्रिय कोरोना संक्रमित 
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घण्टामा ६ हजार ८१४ पीसीआर र २ हजार ८३ एन्टिजेन परीक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    बिहीबार २२८ जना संक्रमणमुक्त भएका छन् ।


    त्यस्तै, मन्त्रालयकाअनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ ।

    हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित
  • # काेराेना भाइरस

  • तेस्रो आँखा