माओवादी स्थायी समिति बैठक सकियो

माओवादी स्थायी समिति बैठक सकियो


  • 6.5K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    माओवादी स्थायी समिति बैठक सकियो

    काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । 

    images

    जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।

    बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । 

    'समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ' एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । 

    स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ । 

    नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए ।

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा