रुसी राष्ट्रपति पुटिनले गरे अमेरिकी राष्ट्रपति वाइडेनलाई फोन

रुसी राष्ट्रपति पुटिनले गरे अमेरिकी राष्ट्रपति वाइडेनलाई फोन


  • 6.8K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    रुसी राष्ट्रपति पुटिनले गरे अमेरिकी राष्ट्रपति वाइडेनलाई फोन

    काठमाडौं, १५ पुस । युक्रेनसँगको बढ्दो तनावकाबीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । 

    images

    दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ । राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । 

    यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनेले गरेको उल्लेख गरिएको छ । 

    यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल हुने जनाएको बीबीसीले जनाएको छ । 

    एजेन्सी

  • सम्बन्धित विषय:

  • # भ्लादमिर पुटिन
  • # जो वाइडेन

  • तेस्रो आँखा