• ट्रेण्डिङ्ग :
निर्माणाधिन अस्पतालबाट करिब २ लाख बराबरको जाली चोरी

निर्माणाधिन अस्पतालबाट करिब २ लाख बराबरको जाली चोरी


  • 13.4K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 20.7K Views

    निर्माणाधिन अस्पतालबाट करिब २ लाख बराबरको जाली चोरी

    दाङ ४ मंसिर/ दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ सिमसुन्दरपुरमा निर्माणाधिन गाउँपालिका स्तरिय अस्पतालबाट करिब २ लाख बराबरको जाली चोरी भएको छ । निर्माणाधिन अस्पतालबाट तीन पटक गरि करिब २ सय मिटर जाली चोरी भएको वडाध्यक्ष सुनिल ओलीले तेसा्रे आँखालाई जानकारी दिए ।

    images

    अस्पताल बाहिर लगाईएको करिब २ लाख बराबरको जाली चोरी भएको वडाध्यक्ष ओलीको भनाई छ । पछिल्लो पटक दुई दिन अघी मात्रै पनि अस्पताल परिसरबाट जाली चोरी भएको हो । पटक–पटक अस्पताल परिसरबाट जाली चोरी हुन थालेपछि प्रहरी प्रशासनलाई पनि यसबिषयमा जानकारी गराएको उनको भनाई छ । प्रहरीले अहिले खोजीकार्य जारी राखेको छ । सिमसुन्दरपुरमा पालिका स्तरिय १५ शैयाको अस्पताल बन्दै छ । 
    399822565_1099486324549426_3048739865620326043_n.jpg


    तेस्रो आँखा