माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्ड र नेता गुरुङको जवाफपछि नेतृत्व चयन पक्रियामा जाने

माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्ड र नेता गुरुङको जवाफपछि नेतृत्व चयन पक्रियामा जाने


  • 5.2K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्ड र नेता गुरुङको जवाफपछि नेतृत्व चयन पक्रियामा जाने

    काठमाडौं, १६ पुस । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको आज नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ। अध्यक्ष प्रचण्डले उद्घाटन गरेको आठौँ राष्ट्रिय महाधिवेशनमा बुधबार र विहीबार प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेनमाथिको निष्कर्ष सुनाउने काम भएको थियो। 

    images

    माओवादीको बन्दसत्र फेरि आज अपराह्न १ बजेबाट सुरु हुनेछ । त्यसपछि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।

    यसअघि नै नेता देव गुरुङले विधान मस्यौदा पनि पेस गरिसकेका छन्। आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका सवालहरुको अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्। उनको जवाफसकिएपछि नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने छ। 

    बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिस्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाईंले निष्कर्ष प्रस्तुत गरेका थिए। 


    समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९ लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए।