बाइडेनलाई पुटिनको चेतावनी, 'रसियामाथि प्रतिबन्ध लगाइए अमेरिकासँग सम्बन्ध तोड्छौं'

बाइडेनलाई पुटिनको चेतावनी, 'रसियामाथि प्रतिबन्ध लगाइए अमेरिकासँग सम्बन्ध तोड्छौं'


  • 6.2K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    बाइडेनलाई पुटिनको चेतावनी, 'रसियामाथि प्रतिबन्ध लगाइए अमेरिकासँग सम्बन्ध तोड्छौं'

    मस्को, १६ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए।

    images

    रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो।

    रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ। सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ।

    युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन्। पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो । यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। 


    तेस्रो आँखा