• ट्रेण्डिङ्ग :
जीप र मोटरसाइकल ठोक्किंदा रुपन्देहीमा एकजनाको मृत्यु

जीप र मोटरसाइकल ठोक्किंदा रुपन्देहीमा एकजनाको मृत्यु


  • 3.1K
    SHARES
    • मंसिर ८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    जीप र मोटरसाइकल ठोक्किंदा  रुपन्देहीमा एकजनाको मृत्यु

    बुटवल , ८ मंसिर / रुपन्देहीमा जीप र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।

    images

    बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी ४५ बर्षिय शालिग्राम खनालको मृत्यु भएको रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

    प्रवक्ता भट्टका अनुसार दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउंपालिका १ घर भई हाल बुटवल ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् ।

    पोखरेलको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक जितेन्द्र बानियालाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

     

     


    तेस्रो आँखा