• ट्रेण्डिङ्ग :
जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु

जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु


  • 3.1K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको  मृत्यु

    जाजरकोट , ९ मंसिर / जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    images

    सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो । जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए ।

     

     

     

     


    तेस्रो आँखा