लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको हो, केही दिनभित्र समाधान गछौं’ : कुलमान घिसिङ

लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको हो, केही दिनभित्र समाधान गछौं’ : कुलमान घिसिङ


  • 6.3K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको हो, केही दिनभित्र समाधान गछौं’ : कुलमान घिसिङ

    काठमाडौं, १६ पुस । जाडो बढेसँगै बढेको विद्युतको लोड धान्न नसक्दा बेला बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले स्वीकार गरेको छ । 

    images

    शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ,’ घिसिङले भने, ‘लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं’

    काठमाडौं उपत्यकामा ५०(६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए । 

    लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् ।

    सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ । यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ

  • तेस्रो आँखा