- तेस्रो आँखा डेस्क
काठमान्डौं १६, पुस । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। नेपालभर ९०८४ जनामा परिक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ७८७५ जनामा पिसिआर गर्दा २२४ जनामा र ११९९ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २१२ जना निको भएका छन् भने कोरोनाको कारण चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

