• ट्रेण्डिङ्ग :
तनहुँमा डेंगुको सङ्क्रमणबाट बालकको मृत्यु 

तनहुँमा डेंगुको सङ्क्रमणबाट बालकको मृत्यु 


  • 3.9K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.0K Views

    तनहुँमा डेंगुको सङ्क्रमणबाट बालकको मृत्यु 

    तनहुँ १५ मंसिर/ तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।

    images

    व्यास नगरपालिका–१ स्थित इन्द्रेणी स्काई बोडिङ स्कुलमा अध्ययनरत बालकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको  यहाँ निको नभएपछि गण्डकी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्कुलका प्रिन्सिपल जयराम अधिकारीले जानकारी दिए । तनहुँमा जाडो मौसम सुरु भए पनि डेंगुको सङ्क्रमण अझै रोकिएको छैन । जिल्लामा डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

    तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ ।  अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।

     


    तेस्रो आँखा