• ट्रेण्डिङ्ग :
रेडक्रसको आयोजनामा प्राथमिक उपचार तालिम

रेडक्रसको आयोजनामा प्राथमिक उपचार तालिम


  • 3.6K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    रेडक्रसको आयोजनामा प्राथमिक उपचार तालिम

    घोराही, १५ मंसिर । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको आयोजनामा आज देखि घोराहीमा प्राथमिक उपचार तालिम शुरु भएको छ । 

    images

    घोराही उपशाखाका सभापति थम्मन चौधरी तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यममा बोल्ने वक्ताहरुले समुदायमा हुने घाउको चोट तत्कालै उपचार सेवा प्रदान गर्न तालिम सहयोगी बन्ने बताएका थिए । 

    साथै उनीहरुले विरामी वा घाइतेको अवस्था थप बिग्रनबाट बचाउन तालिम महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा बोल्दै दाङ जिल्ला सभापति मदन गौतम, प्रशिक्षक प्रकाश श्रीवन्द उपसभापति सावित्रा राना र सचिव इन्द्र बहादुर बुढाथोकीले विपदको समयमा हुने चोटपटक घाइतेको तत्कालनै प्राथमिक उपचार सेवा प्रदान गर्न यो तालिम सहयोगी बन्ने बताएका थिए । 

    तालिममा उपशाखाका कार्यसमितिका पदाधिकारी सहित शिक्षक नायक, विद्यार्थी, चालक र स्वास्थ्यकर्मी सहित २४ जनाको सहभागिता रहेको छ । तालिममा प्राथमिक उपचार, घाइतेको जाँच, वेहोसी, स्वासप्रस्वास समस्या, रक्त चाप, टाउको र मेरुदण्डको चोट, घाउ चोटपटक, घइतेको ओसारपसारका विषयमा प्रशिक्षण दिइने छ । 

    तालिमका प्रशिक्षकहरुमा प्रकाश श्रीवन्द, सुस्मा भण्डारी, विश्राम भण्डारी र खेमराज विश्वकर्मा हुनुहुन्छ । तालिम मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।


    तेस्रो आँखा