हात्ती आक्रमणबाट एकको मृत्यु

हात्ती आक्रमणबाट एकको मृत्यु


  • 3.7K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    हात्ती आक्रमणबाट एकको मृत्यु

    विराटनगर ,१८ मंसिर /  हात्तीको आक्रमणबाट मोरङमा सोमबार एक जनाको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणबाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।

    images

    मोरङको बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी जंगलबाट जाँडरक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ मार्चा लिएर फर्कँदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार जाँडरक्सी र त्यसको कच्चा पदार्थ खान हात्ती आकर्षित हुने गर्छ ।

    यसअघि गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो । जंगलबाट मानव बस्तीमा पस्न लागेको हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरीको प्रहरीका प्रवक्ता एसपी नवीनसिंह भण्डारीले बताए

    पछिल्लो समय मोरङ र सुनसरीमा पर्ने चारकोसे जंगलमा २२/२५ वटा हात्ती प्रवेश गरेर आतंक मच्चाउँदै आएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

     


    तेस्रो आँखा