अर्थमन्त्री महत : एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी छैन ,

अर्थमन्त्री महत : एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी छैन ,


  • 4.3K
    SHARES
    • मंसिर १९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.7K Views

    अर्थमन्त्री महत : एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी  छैन ,

    चितवन , १९ मंसिर / अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए ।

    images

    ‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले भने, ‘समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ ।’

    उनले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए । ‘अहिले जे प्रकाशित भएको छ, आधिकारिक रुपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसक्या अवस्था पनि छैन,’ उनले भने । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उनले बताए ।

    उनले अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए ।

     

     


    तेस्रो आँखा