प्रमोद आचार्य, दंगीशरण १९ मंसिर/ नसर्ने रोग न्यूनीकरण गर्न योग प्रभाकारी रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन । बिषादीयुक्त खानपान र बदलिदो जिबनसैलिका कारण धेरैजसो नागरीकहरुमा नसर्ने रोगले जडा गाडेको अध्यक्ष गिरीले बताए । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन ।
स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको संयुक्त प्रयास भन्ने नारासहित दंगीशरणका स्वयंसेवीकाहरुले प्लेकार्ड सहित हेकुलि बजार परीक्रमा गरी स्वास्थ्यचौकी हेकुलीमा पुगी औपचारिक कार्यक्रम गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले समाजमा जनचेतना फैलाउने र दुरदराजका जनतामा स्वास्थ्यको प्रारम्भिक जग बसाल्न स्वयंसेवीकाले खेलेको महत्वपूर्ण भुमिकाको प्रसंशा गरिन । नेपालको बाल मृत्युुदर र मातृ मृत्युदरमा कमि ल्याउन उल्लेखनीय भुमिका स्वयंसेवीकाको रहेको समेत बताइन । कार्यक्रममै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खत्रीले नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा स्वयंसेवीकाले गरेको योगदानको अध्ययन गर्न अमेरीकि नियोगबाट समेत नेपालका स्वास्थ्यसस्थामा आयको स्मरण गर्दै अन्तर्राष्ट्रिय जगतमै नेपालि स्वास्थ्य स्वयंसेवीकाहरुको साख उचो रहेको बताए ।
कार्यक्रममा बोल्दै वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले नसर्ने रोगबाट बच्न शारीरिक ब्यायमका साथै खानपानमा समेत विशेष ख्याल गर्न आग्रह गरे ।
कार्यक्रम स्वयंसेवीका दंगीशरणकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आथित्यतामा भएको थियो ।
स्वयंसेवीका दिवसको उदेस्य माथि गाउँपालिका स्वास्थ्यसाखा प्रुमुख प्रदिप योगीले प्रकाश पारेकाथिय भने कार्यक्रमको सहजीकरण स्वयंसेवीका नर्बदा अधिकारीले गरेकी थिइन ।
