• ट्रेण्डिङ्ग :
जाजरकोट भूकम्पको मृतक परिवारलाई बीमाबापतको रकम दिन सुरु

जाजरकोट भूकम्पको मृतक परिवारलाई बीमाबापतको रकम दिन सुरु


  • 3.8K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    जाजरकोट भूकम्पको मृतक परिवारलाई बीमाबापतको रकम दिन सुरु

    जाजरकोट , २० मंसिर / कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।

    images

    नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार प्रति मृतक दुई लाख रुपैयाँका दरले रकम वितरण गरिएको हो ।

    क्रमशः सबै पालिकामा गएर अबको तीन/चार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताए । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

    भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । ‘हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई आठ लाख रुपैयाँ रकम दिने गरेका छौँ’, जिसीले भने, ‘चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।’

    वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी छन् । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको एक अर्ब रुपैयाँबाट मर्मत सम्भार गरिने जनाइएको छ ।

     


    तेस्रो आँखा