• ट्रेण्डिङ्ग :
विराटनगरको कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगरको कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो


  • 3.1K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    विराटनगरको कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो

    विराटनगर , २० मंसिर /विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    images

    विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

    त्यस्तै विराटनगर-६ का दीपक मण्डलको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

     

     


    तेस्रो आँखा