कर्मचारीमाथि आफ्नै सहकर्मीले किन गरे हातपात ?

कर्मचारीमाथि आफ्नै सहकर्मीले किन गरे हातपात ?


  • 3.3K
    SHARES
    • मंसिर २१, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    कर्मचारीमाथि आफ्नै सहकर्मीले  किन गरे हातपात ?

    काठमाडौं , २१ मंसिर / संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।

    images

    मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृतलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।

    उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा एक महिला शाखा अधिकृतलाई झापड हानेको स्रोतको भनाइ छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

    सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे ती शाखा अधिकृतको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।


    तेस्रो आँखा