अन्तराष्ट्रिय साहसी महिला पुरस्कार– '२०२३'बाट उप्रेती सम्मानित

अन्तराष्ट्रिय साहसी महिला पुरस्कार– '२०२३'बाट उप्रेती सम्मानित


  • 4.4K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.7K Views

    अन्तराष्ट्रिय साहसी महिला पुरस्कार– '२०२३'बाट उप्रेती सम्मानित

    काठमाडौं , २५ मंसिर / भारतीय मानव अधिकार परिषदले ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’बाट नेपालकी सविता उप्रेतीलाई सम्मान गरेको छ । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानव अधिकार परिषदको प्रतिष्ठित पुरस्कार मानिन्छ ।

    images

    उप्रेती अटिजम भएका बालबालिकाहरुको सेवामा क्रियाशील सामाजिक अभियन्ता हुन् । उनलाई संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आइतबार आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो ।

    उप्रेती नेपालमा विगत १३ वर्षदेखि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (क्क्म्च्ऋ) स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा क्रियाशील छिन् । हाल यस संस्थाको काठमाडौं नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छन् । त्यहाँ ६० जना बालबालिका तथा किशोर किशोरीहरुलाई विशेष शिक्षा र थेरापी सेवाहरु प्रदान गरिन्छ ।


    तेस्रो आँखा