- तेस्रो आँखा डेस्क
काठमाडौं, १७ पुस । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नेपाभर २०९५९ जनामा गरिएको कोरोना परिक्षणमा ३८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५००७ जनामा गरिएको पिसिआर परिक्षण ३४२ र १५९५२ जनामा गरिएको एन्टीजेन परिक्षणबाट ४० जनामा कोरोना सक्रमण पाइएको हो ।
२४ घण्टामा २५२ जना निको भएका छन् भने कोरोनाको कारणले कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

