महासमितिबारे छलफल गर्न देउवाले बोलाए केन्दिय कार्यसम्पादन समिति

महासमितिबारे छलफल गर्न देउवाले बोलाए केन्दिय कार्यसम्पादन समिति


  • 3.6K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    महासमितिबारे छलफल गर्न देउवाले बोलाए केन्दिय कार्यसम्पादन समिति

    काठमाडौं , २५ मंसिर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    images

    बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

    कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा छन् । जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ ।

    कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाएका छन् ।

    प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

     

     


    तेस्रो आँखा