गायक राजेशपायल राईमाथि अमेरिकामा दुर्व्यवहार

गायक राजेशपायल राईमाथि अमेरिकामा दुर्व्यवहार


  • 7.5K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    गायक राजेशपायल राईमाथि अमेरिकामा दुर्व्यवहार

    काठमाडौं, १८ पुस। चर्चित गायक राजेशपायल राईमाथि अमेरिकामा दुर्व्यवहार भएको छ। नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइरहेका गायक राईमाथि स्टेजमै पुगेर दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। 

    images

    गायक राईले आफ्नो प्रस्तुति दिइरहेका बेला स्टेजमै चडेका एक युवाले उनलाई अंगालो हालेझै गरेर दुव्र्यवहार गरेको भिडियोमा देख्न सकिन्छ। उक्त क्रियाकलापपछि पुनः राजयपायल राईले आफ्नो प्रस्तुति दिएका छन्। 

    ती युवाको व्यहारलाई राईले पछाडिबाट हालेको अंगालोको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘अगाडिबाट आएको ज्वालामुखि निल्न सक्छु। पचाउन सक्छु। तर, पछाडिबाट आएका यस्ता अंगालोहरुलाई पनि मलाई स्वीकार्य छन्।’

    उनले ‘मैले मायाले दिएको चिनो’ बोलको गितमा आफ्नो प्रस्तुति दिइरहेका बेला उनीमाथि आक्रमण भएको भिडियोमा देख्न सकिन्छ।

    कसैले टिकटकमा भाइरल हुनका लागि आफूमाथि त्यस्ताे व्यवहार गरेकाे उनले प्रतिक्रिया दिएका छन्। 

     


    तेस्रो आँखा