• ट्रेण्डिङ्ग :
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी

हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी


  • 3.8K
    SHARES
    • पौष २, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी

    काठमाडौं २ पुस/ बेलायतमा हाछ्यु रोक्ने कोशिस गर्दा एक व्यक्तिको घाँटीमा गम्भीर चोट लागेको छ। बेलायतको डन्डीमा एक ३० वर्षका व्यक्तिले हाछ्यु रोक्न खोज्दा घाँटीमा गम्भीर चोट आएकझ हझ। उनलाई नाइनवेल्स अस्पतालमा पुर्याएर उपचार गरिएको छ। उनले हाछ्यु रोक्न नाक र मुख बन्द गरेका थिए। 

    images

    उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ। 

    घाँटीमा मात्रै होइन, कानको पर्दा समेत फुट्न सक्छ। रक्तनलीमा अप्रत्याशित रुपमा फोका आउन सक्छ र कतिको छातिको हड्डी समेत टुट्न सक्छ। 

    यस विषयमा मेडिकल विज्ञानसँग जोडिएको बीएमजे जर्नल्समा समेत राम्रोसँग उल्लेख गरिएको छ।  ती व्यक्तिले एलर्जी र खोकीले ग्रस्त थिए र कार चलाइरहेका थिए । त्यसैले उनले हाछ्यु रोक्न  प्रयास गरेका हुन्। 

    बीएमजेमा छापिएको रिपोर्टका मुख्य लेखक डा रासेड्स मिसिरोब्सले हाछ्यु मानव शरीरको प्राकृत्क डिफेन्स मेकानिज्म अर्थात् एक प्राकृतिक सुरक्षा प्रक्रिया हो। बीबीसी विश्व सेवाले गरेको कुराकानीमा उनले बताएका छन्, हाछ्युबाट शरीरमा आएका इरिटेन्ट्स (असहज बनाउने तत्व)लाई नाकको बाटोबाट बाहिर निकाल्ने कोशिस गरिन्छ । त्यसैले हाछ्यु रोक्न हुँदैन। स्वास्थ्य खवर
     


    तेस्रो आँखा