धनगढी २ पुस/ चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।
डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए । अनशन तोडेपछि डा। केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन् ।
