नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै


  • 3.5K
    SHARES
    • पौष ३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं ३ पुस /  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बोलाइएको छ।

    images

    बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

    यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ। अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने ढकालले बताए।

    माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो। तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ। 


    तेस्रो आँखा