देश आन्दोलनको मुडमा रहेको राप्रपाको निष्कर्ष

देश आन्दोलनको मुडमा रहेको राप्रपाको निष्कर्ष


  • 5.3K
    SHARES
    • पौष ३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.1K Views

    देश आन्दोलनको मुडमा रहेको  राप्रपाको निष्कर्ष

     काठमाडौं ३ पुस / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश आन्दोलनको मुडमा देखिएको निष्कर्ष निकालेको छ । राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ ।

    images

    तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    बैठकमा रिपोर्टिङका क्रममा नेताहरुले देश आन्दोलन मुडमा रहेको निष्कर्ष सुनाएका थिए । उनीहरुले त्यसको तीन आधार पेश गरेका छन् । ‘आर्थिक सूचकहरुले देशले संघीयता धान्न सक्दैन भन्ने देखाएको छ’, एक पदाधिकारी भन्छन्, ‘हामीले उठाउँदै आएको हिन्दु राष्ट्र पुनस्र्थापनाको एजेण्डाका कारण पार्टीप्रति आकर्षण बढेको छ ।’

    पार्टीका नेताहरु जहाँ गएका छन्, आन्दोलनको नेतृत्व चाहिँ राप्रपाले गरोस् भन्ने गरेको उनले सुनाए । ‘राप्रपाले मिहिनेत गरोस्, सबैलाई समेटोस्, देश बचाउने आन्दोलनमा हामी पनि साथ दिन्छौं भनेर फिडब्याक आएको छ’, ती पदाधिकारीले सुनाए ।

    दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा हजारौं मानिस स्वस्फूर्त सहभागी हुनुले पनि देश आन्दोलनको मुडमा रहेको प्रष्ट भएको राप्रपाका नेताहरु बताउँछन् । विवादित छविका मेडिकल व्यवसायी प्रसाईले ७ मंसिरमा काठमाडौंमा प्रदर्शन गरेका थिए, जसमा ९ हजारभन्दा बढी मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्ट छ । यद्यपि त्यसपछिका दिनमा उनको आन्दोलनमा सहभागिता नगन्य रह्यो ।

    व्यवस्थापकीय कमजोरीका कारण प्रसाईँको आन्दोनन फासफुस भएको राप्रपा नेताहरुको बुझाइ छ । अब राप्रपाले दुई महिना तयारी गर्ने र विचार मिल्नेहरु सबैलाई साथमा लिएर बृहत आन्दोलन गर्ने नेताहरु बताउँछन् । केन्द्रीय कार्यसमितिको बैठकले समान विचार राख्ने दल, अभियान तथा धार्मिक संघसंगठन सबैलाई आन्दोलनमा साथ दिन आह्वान समेत गरेको छ ।


    तेस्रो आँखा