• ट्रेण्डिङ्ग :
मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगे : सांसद शर्मा 

मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगे : सांसद शर्मा 


  • 3.4K
    SHARES
    • पौष ५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगे : सांसद शर्मा 

    तुलसीपुर ५ पुस/ नेपाली कांग्रेसका नेता एवं साँसद डाक्टर शुनिल शर्माले देशभरमा मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताएका छ्न । रिर्पोटस क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    images

    सम्पुर्ण मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको बताउँदै ९० प्रतिशत मेडिकल कलेज किनबेच भैसके र आगामी ३ बर्षमा बाँकी मेडिकल कजेलको अवस्था पनि उही हुने बताए । राज्य जिम्मेवार नहुँदा  अध्ययनका लागि यहाँका ३० हजार बिद्यार्थी बिदेश गएको बताए । साथै साँसद शर्माले नेताहरु जनताप्रति, देशप्रती ईमानदार हुनुपर्ने बताए । देशमा दैनिक जसो तस्करी र घुसपैठको काम भैरहको बताउँदै उनले ब्यक्तिका विरुद्धमा नभई बेथितिको विरुद्धमा सबैले बोल्नुपर्ने बताए ।

    उनले आवश्यकता आधारमा बजेट बिनियोजन हुनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद निमा गिरीले लुम्बिनी प्रदेश सरकारले महिलाको सम्मानको निम्ती महिलामैत्री कानुन बनाएको बताइन् । महिलाहरुको स्वास्थ्यको ख्याल राख्दै प्रदेशले महिला निजामती कर्मचारीहरुलाई महिनावारी विदा दिने निर्णय भएको बताउँदै यस्को सिको अन्य प्रदेश र केन्द्र सरकारले पनि गर्नु पर्ने बताईन् । रिर्पोटस क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका थिए । 


    तेस्रो आँखा