• ट्रेण्डिङ्ग :
डा. गोविन्द केसीद्धारा प्रतिष्ठानको स्थलगत अवलोकन 

डा. गोविन्द केसीद्धारा प्रतिष्ठानको स्थलगत अवलोकन 


  • 3.2K
    SHARES
    • पौष ६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    डा. गोविन्द केसीद्धारा प्रतिष्ठानको स्थलगत अवलोकन 

    दाङ, ६ पुस/ चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखी आन्दोलनरत अभियन्ता डा। गोविन्द केसी घोराही आइपुगेका छन् । उनि बिहीबार बेलुका घोराही आइपुगेका हुन् । गेटा मेडिकल कलेजलाई अघि बढाउन केही  दिनअघि आफ्नो अनसनका कार्यक्रम सकेर डा। केसी यहाँ आएका हुन् । उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् ।

    images

    प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने माग उनले बिगतदेखी नै राख्दै आएका थिए । ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज सरकारी स्तरवाट स्थापना गरेर न्युन खर्चमा पनि डाक्टर पढ्न पाउनुपर्ने उनको माग रहदै आएको छ । प्रतिष्ठानका विभिन्न वार्डहरु, यहाँको अवस्था, विएनएस तथा विएस्सी नर्सिङसहीत एमडि एमएसको पढाइको वारेमा पनि डा। केसीलाई प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले जानकारी गराएका हुन् ।

    अवलोकनपछि डा। केसीले प्रतिष्ठानको सेवा सुधार भएकोमा खुसी ब्यक्त गर्दै शैक्षिक कार्यक्रम पनि अघि बढाउन सफल भएकोमा प्रतिष्ठानको नेतृत्वलाई बधाईसहीत धन्यवाद दिए । उनले छिट्टै एमविविएसको पढाई पनि प्रतिष्ठानले सुरु गर्ने विश्वास ब्यक्त गरे । प्रतिष्ठानका उपकुलपति डा। लामिछानेले एमविविएसको पढाईका लागि निरन्तर लागि परेको भन्दै सबैको सामुहीक पहलवाट नै केही शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको बताए । उनले एमविविएस पढाइका लागी पनि पुर्वाधारमा जोड दिइएको बताए ।


    तेस्रो आँखा