- तेस्रो आँखा डेस्क
काठमाडौं १८, पुस । पछिल्लो चोबिस घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर ७६३१ जनामा गरिएको कोरोना परिक्षणमा २१६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयकाअनुसार ५९६२ जनामा गरिएको पिसिआर परिक्षण २१३ जनामा र १६६९ जनामा गरिएको एन्टीजेन परिक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २०९ जना निको भएको मन्त्रालयले जनाएको छ ।

