काठमाण्डौँमा कार्यरत प्रहरी सई मृत अवस्थामा फेला

काठमाण्डौँमा कार्यरत प्रहरी सई मृत अवस्थामा फेला


  • 3.6K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.5K Views

    काठमाण्डौँमा कार्यरत प्रहरी सई मृत अवस्थामा फेला

    भक्तपुर ८ पुस / भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

    images

    उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।

    उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

     

     


    तेस्रो आँखा