गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्दछ : देउवा

गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्दछ : देउवा


  • 3.5K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्दछ : देउवा

    काठमाडौं ८ पुस / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए ।

    images

    पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए ।

    सभापति देउवाले आफूले नख्खु जेलमा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।

    भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।

    भट्टराईको शताब्दी जन्मदिवस मनाउनका लागि कांग्रेसले केन्द्रीय तहमा आइतबार पार्टी कार्यालयमा विमर्श कार्यक्रम राखेको छ ।

     


    तेस्रो आँखा