माओवादी केन्द्रमा सर्वसम्मत नेतृत्व चयन,घोषणा हुन बाँकी

माओवादी केन्द्रमा सर्वसम्मत नेतृत्व चयन,घोषणा हुन बाँकी


  • 6.9K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    माओवादी केन्द्रमा सर्वसम्मत नेतृत्व  चयन,घोषणा हुन बाँकी

    काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले सर्वसम्मतमा नेतृत्व चयन गरेको छ । आठौं दिनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले सभामा २३६ जनाको नाम घोषणा गरेका थिए । केन्द्रीय सदस्यको नाम घोषणा भएसंगै अध्यक्ष र पदाधिकारीको टुंगो लाग्ने छ । 

    images

    बन्दसत्रले सबै नामलाई अनुमोदन गरेकाे निर्वाचन आयोगले बताएकाे छ । भोली बस्ने पहिलो केन्द्रीय समिति बैठकले थप एक सय जना केन्द्रीय सदस्य मनोनित गर्ने छ ।

    माओवादी केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले केहिबेरमा सर्बसम्मत केन्द्रीय सदस्यको नाम घोषणा गर्ने    बताए । माओवादी केन्द्रको गत आईतबारबाट काठमाडौंको प्रज्ञा भवनमा आठौं महाधिवेशन सुरुभएको थियो ।  

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप