• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा एक लाख २० हजार नाघ्यो 

सुनको मूल्य तोलामा एक लाख २० हजार नाघ्यो 


  • 3.8K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सुनको मूल्य तोलामा एक लाख २० हजार नाघ्यो 

    काठमाडौं १० पुस/ सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ । साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images

    अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।



    तेस्रो आँखा