• ट्रेण्डिङ्ग :
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्युमरको सफल शल्यक्रिया

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्युमरको सफल शल्यक्रिया


  • 4.9K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ट्युमरको सफल शल्यक्रिया

    दाङ, १४ पुस । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी ट्युमरको सफल शल्यक्रिया (अपरेशन) भएको छ ।
    प्रतिष्ठानका अर्थोपेडिक सर्जनहरु डाक्टर विकास न्यौपाने, डा.  ऋषि श्रेष्ठ, डा. रुपेश शेरचन, डा. सुबर्ण श्रेष्ठ सहितको स्वास्थ्यकर्मि र नर्ससहितको टोलिले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरससँग जोडिएको अनावश्यक मासु अपरेशन गरी फालेको हो । 

    images


    बिरामीका अनुसार विगत ९ वर्षदेखि दाहिने कुमको मासु देखाउँदै धेरै ठाँउमा चेकजाँच गर्दा पनि उक्त समस्या समाधान हुन नसकेपछि उनी डा. न्यौपानेलाई भेट्न प्रतिष्ठान पुगेका थिए । बिरामी आफ्नो उपचारकोक्रममा दाङका निजि अस्पतालसहित भरतपुर, नेपालगञ्ज सम्म पुगेका थिए । न्यौपाने नेतृत्वको चिकित्सकको टोलिले प्याथोलोजीष्ट र एमआरआईको सहयोगमा रोगको पहिचान गरेर सफल शल्यकृया गरेका हुन ।


    डा. न्यौपानेले उनलाई सरल र सहज ढंगले सजिलै सम्पूर्ण प्रक्रिया पूरा गरी अपरेशन गर्न सुझाव दिएअनुरुप बिरामी अपरेशन गर्न मञ्जुर भएका थिए । उनको अपरेशन सफल भएको छ  ।  बिरामिको अबस्था सामान्य रहेको र दाहिने हातको कुम राम्रोसंग चलाउने गरेको डा. न्यौपानेले बताए ।


    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधुनिक प्रविधिको प्रयोग गर्दै लुम्विनी प्रदेशका विभिन्न स्थानीय तहहरुका सर्वसाधारणहरुले सरल र सहज ढंगको स्वास्थ्य सेवा पाउने व्यवस्था गर्दै आएको छ ।


    तेस्रो आँखा