तुलसीपुर, १४ पुस/ तुलसीपुरमा आउँदो माघमा कृषि, पर्यटन, ब्यापार तथा औद्योगिक महोत्सव २०८ महोत्सव सञ्चालन हुने भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको शुक्रबारको कार्यसमिति बैठकले माघ १८ गतेदेखि २८ गतेसम्म कृषि, पर्यटन, ब्यापार तथा औद्योगिक महोत्सव २०८० संचालन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामप्रशाद चालिसेको अध्यक्षतामा बसेको बैठकले दश दिनसम्म महोत्सव लगाउने निर्णय गरेको हो ।
तुलसीपुर– घोराही सडक खण्डको यसअघि मेला महोत्सव लाग्दै आएको स्थान हात्तीखौवा चोक नजिकै महोत्सव संचालन गरिने भएको छ । संघले संचालन गर्न थालेको महोत्सवको उदेश्य बारे आइतबार थप छलफल गरि सार्वजनिक गरिने पदाधिकारीहरुले बताएका छन् ।
