• ट्रेण्डिङ्ग :
प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ एक नम्बर ट्रेन्डिङमा

प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ एक नम्बर ट्रेन्डिङमा


  • 5.5K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.4K Views

    प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ एक नम्बर ट्रेन्डिङमा

    काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङमा आइपुगेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । 

    images

    गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । 

    गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ ।

    समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।

    गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागत कलाकार छन् ।


    तेस्रो आँखा