• ट्रेण्डिङ्ग :
नयाँ सब भेरियन्ट जे एन।१ को संक्रमण बढिरहेकाले सजक रहन अनुरोध

नयाँ सब भेरियन्ट जे एन।१ को संक्रमण बढिरहेकाले सजक रहन अनुरोध


  • 3.0K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    नयाँ सब भेरियन्ट जे एन।१ को संक्रमण बढिरहेकाले सजक रहन अनुरोध

    काठमाडौं १८ पुस/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ ।

    images

    मंगलबार मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका हुन् ।

    मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ । यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।


    तेस्रो आँखा